बद्री सापकोटा र सुनिता शर्माको आवाजमा नयाँ गीत सार्वजनिक

अभिनव चौहान , काठमाडौं। नेपाली गीत संगीतको बजारमा यतिबेला बस बउ पियारी बोलको गीत सार्वजनिक भएको छ।मौलिक लोक गीत बजारमा आएसँगै सबैको रोजाईमा पर्न सफल भएको छ।
सबैतिरबाट यसको राम्रो प्रतिक्रिया पनि आइरहेको पाइन्छ। कृष्ण लामिछानेको शब्द सिर्जना त्यसैगरी बद्री सापकोटाको लय सिर्जनामा भित्र बद्री सापकोटा र सुनिता शर्माको आवाजमा रहेको गीतमा ओवी रायमाझी र अञ्जली अधिकारीले अभिनय गरेका छन्।। रेशम दर्लामीको छायांकन,जेरी भण्डारीको निर्देशन र प्रवीण भट्टको सम्पादन उक्त गीत सुनिता शर्मा युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।
कमेन्ट गर्नुहोस !