स्वर्गिय राममणि ज्ञवालीको २२ औं स्मृती दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको रासिप भवनमा स्वर्गिय राममणि ज्ञवालीको २२ औं स्मृती दिवस कार्यक्रम विभिन्न कार्यक्रम मनाइएको छ । कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांग्रेसका सचिव कृष्ण प्रसाद खनालल लोकतन्त्रलाई दरिलो र गणतन्त्रलाई संस्थागत गर्न स्व. ज्ञवाली जस्ता नेताहरुको खाँचो भएको औलाउनु भएको हो ।
यस्तै पुर्वी भेगको विकासको शिलशिलामा जनतालाई अध्यारोबाट उज्यालो तर्फ विद्युती करणका योजनाहरु संचालन गरिरहेको अवस्थामा तात्कालीन विद्रोही समुहबाट ज्यान गुमाएको सम्झनामा ज्ञवालीको फोटोमा माल्यणपर्ण गर्नुभएको थियो ।
स्वर्गिय राममणि ज्ञवालीकी श्रीमती कल्पना ज्ञवाली,छोरा सुदिप ज्ञवाली लगायको विशेष आतिथ्यता रहेको कार्यक्रम रासिप इस्मृती प्रतिष्ठानका सल्लाकार संयोजक ईश्वरी प्रसाद पाण्डेको अध्यक्षता नेपाली कांग्रेस जिल्ला सदस्य हरिप्रसाद खनालको स्वागत मन्तव्य,जिल्ला सहसचिव कमल पौडे्ल संचालनमा सम्पन्न भएको थियो ।

यस्तै कार्यक्रममा रासिप भवनका सदस्य विष्णु प्रसाद भुसाल लगायतले मन्तव्य राखेको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष विष्णु क्षेत्री,महिला नेतृ,ईन्दिरा भुसाल,नेताहरु सन्जय पाण्डे, सोभाखर खनाल,धनिश्वर पाण्डे,तिलकराम पराजुली,बाबुराम भुसाल ,जनप्रतिनिधि लगायतको पनि कार्यक्रममा सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close