अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आजबाट सुरु

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ ।खेलको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाले जिल्लामा पहिलो पटक सुविधा सम्पन्न खेल क्षेत्रको विकासको लागि छत्रदेव गाउँपालिकाले रगंशाला सहितको खेल मैदान निर्माण गरेकोमा धन्यवाद दिदै हरेक पालिकामा खेल मैदान निर्माण गर्न आग्रह गर्नुभयो ।यस्तै क्रिकेट क्षेत्रको विकासका संगै खेलाडी उत्पादन र उनीहरुको भविश्यको बारेमा छिटै जिल्ला स्तरीय योजना बनाएर लाग्ने बताउनुभयो ।
गाउँपालिकाको रातापोखरामा रगंशालामा भएको प्रतियोगितामा जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधित्व जनाएका छन। प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार रुपैयाँ, दोस्रोलाई १ लाख २० हजार र तृतियलाई ८० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो ।खेल क्षेत्रको विकास गर्नको लागि गाउँपालिकाले पहिलो पटक अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो
प्रमुख जिल्ला अधिकारी मिना अर्यालले पछिल्लो समय ४ भन्दा बढी जिल्ला बाट राष्ट्रिय खेलाडी उत्पादन भएको बताउनुभयो ।

पहिलो खेल छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिका बिच सुरु भएको छ ।
२०७५ साल बाट सुरु गरेको खेल मैदानमा ३ करोड ५० लाख लागतमा निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले बताउनुभयो ।यस्तै खेल मैदान लाई थप व्यवस्थीत बनाउने योजनाका साथ गाउँपालिका लागेको बताउनुभयो ।कार्यक्रममा भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराइ, नेपाली कांग्रेसका फर्सुराम पाण्डे, एमालेका शान्ता थापा, नेकपा माओवादीका जंगबहादुर परियार्र पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम भुमिकास्थन नगरपालिका उपप्रमुख बालकृष्ण बन्जाडे ,छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थी,उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र,चेम्बर अफ कर्मशका अध्यक्ष अशोक कुमार श्रेष्ठ,प्रहरी नायब उपरिक्षक मुकुन्द रिजाल,मालारानी गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिशचन्द्र पाण्डे लगायतको सहभागीता रहेको कार्यक्रम छत्रदेव गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कमल पौड्ेलको संचालनमा उदघाटन कार्यक्रम भएको हो ।पहिलो खेल छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिका बिच सुरु भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close