अर्घाखाँचीको नाम देश तथा विदेशमा चिनाउन सफल खेलाडी थापा सम्मानीत

सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले क्रिकेट खेलाडी लाई सम्मान गरेको छ । नगरपालिकाको वडा नम्बर ६ का उत्तम थापा मगरलाई नगद सहित सम्मान गरेको हो ।१९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीका सदस्य थापा मगरलाई नगरपालिले दोसल्ला, प्रमाणपत्र र नगद पच्चिस हजार(२५०००) सहित सम्मान गरेको छ।

अर्घाखाँचीमा क्रिकेट खेलेर राष्ट्रिय टोलीमा परेर उत्कृष्ट खेल प्रदर्शन गरेको तथा अर्घाखाँचीको नाम राख्न सफल भएकोले खेलाडी मगरलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।नगर प्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बञ्जाडे, प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेल लगायतले उत्तमको उज्वल भविष्यको कामना गर्दै बधाई समेत दिएका थिए ।

केही दिनअघि मात्रै यो टोलीले यूएईलाई हराउँदै १९ वर्षमुनिको विश्व कपमा स्थान पक्का गरेको थियो । १९ वर्षमुनिको विश्व कप सन् २०२४ मा श्रीलङ्कामा हुँदैछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close