पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा पत्रकारको प्रबर्द्धनात्मक कार्यक्रम सुरु

सन्धिखर्क ।नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना तथा सन्धिखर्क नगरपालिकाको सहयोगमा पत्रकारिता प्रबर्द्धनात्मक तथा पत्रकार महासघंको सस्थागत क्षमता बिकास विषयक २ दिने तालीम सन्धिखर्कमा सुरु भएको छ ।तालिमको एक कार्यक्रमका जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाले उदघाटन गर्नु भएको हो। उद्घाटन कार्यक्रममा बोल्दै पत्रकार कुनै व्यक्ति वा संगठनको मात्र हुन नहुने बताउनुभयो ।  खोजमा आधारित पत्रकारिता गर्न समेत जोड दिनुभयो। स्वच्छ, सत्य र निश्पक्ष पत्रकारिता अनिवार्य भएको समेत कोइरालाले बताउनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी मिना अर्याल,पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपाली लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो । तालीममा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई ,स्रेस्तेदार महेश खनाल ,सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले सहजीकरण गर्नुभएको थियो ।तालीमको उद्घाटन शत्रको कार्यक्रम पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनालको अध्यक्षता हृदय कुमार भुसालको स्वागत मन्तब्य र बिनोद गैरेको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close