अर्घाखाँचीका किसानले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाए

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा संयुक्त किसान संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मिना अर्याल मार्फत आफ्ना माग तत्काल सम्बोधन गराउनका लागि दवाव स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन । ध्यानाकर्षण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी अर्यालले किसानका मागलाई प्रधानमन्त्री समक्ष पठाउने बताउनुभएको थियो ।


संयुक्त संघर्ष समितिले किसानहरुलाई गुणस्तरीय मल बिउहरु अविलम्ब उपलब्ध गराउनुपर्ने,भुमि बैंक खारेज ,कृषिमा बिदेशी लगानी निशेष,बढ्दो महंगी नियन्त्रण,मिटर ब्याजीहरुलाई कारबाही,कृषि पेन्सन लागुपर्ने लगायतका माग सहित ध्यानाकर्षण पत्र बुझाएको संघर्ष समितिका सदस्य जिवनारायण खनालले बताउनुभयो । यस्तै माग सम्बोधन नभएमा विभिन्न आन्दोलनको कार्यक्रम पनि घोषणा गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close