नेकपा एमाले अध्यक्ष ओली आज अर्घाखाँची आउँदै

सन्धिखर्क ।नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची आउँदै हुनुहुन्छ ।नेकपा एमाले जिल्ला कमिटि अर्घाखाँचीले सन्धिखर्कमा गरेको ओली कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज ११ बजे अध्यक्ष ओली सन्धिखर्क आउन लाग्नु भएकोे नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले जानकारी दिनुभयो ।

दिउँसो जिल्लाका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यकर्ता प्रशिक्षण सकिएपछि सन्धिखर्क ९ अर्घामा रहेको अर्घा भगवती मन्दिरको दर्शनका लागि अर्घा जाने कार्यक्रम रहेको नेकपा एमालेका केन्द्रिय सदस्य चेतनारायण आचार्यले बताउनुभयो ।बाइसे चौबिसे राज्य अन्तर्गत पर्ने अर्घा राज्य र भगवती मन्दिरको प्रचारप्रसारका लागि पुर्ब प्रधानमन्त्री ओलीको अर्घा भगवती मन्दिरको दर्शनले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close