विशेषबाट सफाइ पाएको १ सय ९४ वटा मुद्दा सर्वोच्चमा पुनरावेदन गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले सफाइ दिएको मुद्दामा धमाधम सर्वोच्चमा पुनरावेदन दिने क्रम बढाएको छ । आयोगले विशेष अदालतको फैसलामा असन्तुष्ट जनाउँदै निरन्तर पुनरावेदन दर्ता गराइरहेको छ ।
साउनयता अख्तियारले विशेषको फैसलामा असन्तुष्ट जनाउँदै १ सय ९४ वटा मुद्दा सर्वोच्चमा पुनरावेदन दिएको छ । चालू आर्थिक वर्षको असारदेखि फागुनसम्मका १० महिनामा विशेष अदातलको फैसलामा चित्त नबुझाउँदै अख्तियारले १ सय ९४ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ ।

बिहीबार मात्रै त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीको उत्तरपुस्तिका साटफेर गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत सफाइ पाएकाविरुद्ध बिहीबार अख्तियार सर्वोच्च अदालतमा पुनरावेदनमा गएको छ ।

ऋन्
अख्तियारले परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहाल, त्रियुगा जनता बहुमुखी क्याम्पसका गाईघाटका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षार्थीविरुद्ध २०७६ मंसिरमा भ्रष्टाचारको अभियोग लगाएको थियो ।

ल्बदष् िदबलप
जसमा अभियुक्तहरूले इन्कारी बयान दिएको, उत्तरपुस्तिकाको लेखाइ कसको हो भन्ने परीक्षण प्रतिवेदनमा देखिन नआएको, अभियुक्तले कसुर गरेको ठोस, भरपर्दो र शंकारहित पुष्टि नभएको उल्लेख गरी सफाइ दिएको थियो ।

अभियुक्तले इन्कारी बयान दिँदैमा निर्दोष भन्न नमिल्ने अख्तियारको जिकिर छ । अख्तियारको दाबीमा विशेषज्ञले मौकामा दिएको प्रतिवेदनलाई अदालतसमक्ष समेत उपस्थित भई सनाखत गरिदिनुका साथै विवादित उत्तरपुस्तिका आपसमा तुलना गर्दा अक्षरमा हुने गुण र विशेष मिलेको देखिएको थियो । एउटै व्यक्तिले लेखेको अवस्था रहेको र सो कुरा प्रमाण ऐन, २०३१ बमोजिम प्रमाणका रूपमा लिनुपर्ने व्यवस्था भएको अख्तियारको दाबी छ ।

सर्वोच्चमा पुनरावेदन गरिएका मुद्दामा घुस, राजस्व चुहावट, गलत प्रतिवेदन तथा झुटा बिल भर्पाइ, गैरकानुनी सम्पत्ति आर्जन, सार्वजनिक सम्पत्ति नोक्सानीलगायत रहेको अख्तियारले जनाएको छ । विशेष अदालतको फैसलामा चित्त नबुझेर अख्तियार सर्वोच्च जाने क्रम व्यापक बढेको छ । यो समाचार राजधनी दैनिकमा छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close