इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ विजयी

काठमाण्डौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमवार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलौरलाई हराउँदै लखनऊ सुपर जोइन्ट्स विजयी भएको छ ।

खेलको अन्तिम ओभरमा लखनऊका २ विकेट गुमे पनि रोमाञ्चक रूपमा लखनऊले १ विकेटले जितेको हो ।लखनऊलाई जिताउन निकोलस पूरनले मुख्य भूमिका खेलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले १९ बलमा ६२ रन बनाएका थिए । उनले ४ चौका र ७ छक्का हानेका थिए ।

उनले १५ बलमा अर्धसशक पूरा गरेर यस सिजनकै सर्वाधिक छिटो अर्धशतक बनाएको कीर्तिमान कायम गरेका छन् । टीम कमजोर अवस्थामा रहेका बेला आयुष बडोनीले २४ बलमा ३० रनको योगदान गरेर लखनऊलाई जिताउन भूमिका खेले ।खेलमा बेंगलौरले २० ओभरमा २१२ रन बनाएको थियो । खेलको अन्तिमतिर लखनऊले रोमाञ्जक जीत निकाल्यो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close