भेटियो पेटभित्र रक्सीको बोत्तल

काठमाडौं। एक वृद्धको पेटभित्र रक्सीको सिंगै बोत्तल भेटिएको छ। धनगढीमा पेट दुखेपछि उपचारका लागि अस्पताल गएका धनगढीको फूलबारीका ६१ वर्षीय जमानसिंह रोक्कामगरको पेटमा रक्सीको सिंगै बोत्तल फेला परेको हो।

पेट दुखेको भन्दै सेती प्रादेशिक अस्पताल गएका रोकाको एक्सरे गर्दा पेटभित्र बोत्तल भेटिएको हो।

दुई दिनअघि मदिरा सेवा गरिसकेपछि साथीहरुले मलद्वारबाट बोत्तल घुसाइिदएको बिरामीलाई उद्दृत गर्दै अस्पतालका व्यवस्थापक वेदप्रकाश जोशीले जानकारी दिनुभएको छ।रोक्काको अस्पतालमा उपचार जारी छ ।यस विषयमा विस्तृत विवरण भने आउन बाँकी छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close