इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सको तेस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले तेस्रो जित निकालेको छ। अटल बिहारी क्रिकेट स्टेडियममा गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराउँदै पन्जाबले तेस्रो जित निकालेको हो।

लखनउले दिएको १ सय ६० रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्दै पूरा गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो। जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेको छ। पन्जाब चौंथो स्थानमा उक्लिएको छ। लखनउ ६ अंक नै जोडेर दोस्रो स्थानमा रहेको छ। प्रतियोगिता अन्तरगत आज गुजरात टाइटन्स र राजस्थान रोयल्स तथा मुम्बई इन्डियनन्स र कोलकाता नाइटराइडर्सबीच खेल हुनेछ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close