एसीसी मेन्स प्रिमियर कप खेल्ने राष्ट्रिय क्रिकेट टिम घोषणा

काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी मेन्स प्रिमियर कप खेल्ने १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा घोषित टिममा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी छन्।

यस्तै, अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतोलाई वैकल्पिक राखेको छ।नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्ने छ। यस्तै, दोस्रो ८ गते ओमान, तेस्रो ११ साउदी अरबसँग र १४ गते कतारसँग खेल्ने छ। साउदी अरब र नेपालबीचको खेल मुलपानी मैदानमा हुनेछ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close