आईपीएल क्रिकेटमा राजस्थान विजयी,गुजरात टाइटन्स पराजित

काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मा गुजरात टाइटन्सलाई हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा स्थानमा उक्लिएको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा साविक विजेता गुजरात टाइटन्सविरुद्ध तीन विकेटको जित निकाल्यो। गुजरातले दिएको १सय७८ रनको लक्ष्य राजस्थानले १९ दशमलव २ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १सय७७ रन बनाएको थियो। पाँच खेलबाट आठ अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ६ अंक जोडेको गुजरात तालिकाको तेस्रो स्थानमा छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close