जनशान्ति आधारभूत विद्यालयको ३९ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाइयो

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ मा रहेको जनशान्ति आधारभूत विद्यालय किमडाँडाको ३९ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाइएको छ । सन्धिखर्क ८ का कार्यवाहक वडा अध्यक्ष कृष्णा भुसालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्र.अ निर्मला भुसालले आर्थिक प्रतिवेदन पस्तुत गर्नुभएको थियो ।विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर थापाको अध्यक्षता , जोगलाल रानाको स्वागत मन्तब्य, दिपक श्रेष्ठको सञ्चालनमा सम्पन्न हो ।


सोहिअवसरमा पूर्व शिक्षक कृष्ण प्रसाद मरासिनी विद्यालयबाट स्वैच्छिक अवकास हुनुभएकोमा उहाँलाई मायाँको चिनो सहित विद्यालयको तर्फबाट सम्मान ,शिक्षक कृष्ण प्रसाद मरासिनी र उहाँको धर्म पत्नी तारादेबी मरासिनीले आफ्नो स्व. पिता धनन्जय मरासिनी र स्व माता खिमकला मरासिनीको संझनामा विद्यालयको लागि रू २५ हजार ,५ पाँच ५५।– को अक्ष्यकोष स्थापना गर्नुभएको छ भने २ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
यस्तै विद्यार्थीहरूलाई शैक्षिक सामग्री बितरण कक्षागत तथा बिद्यालयगत प्रथम, द्वितीय, तृतिय स्थान हाँसिल गर्ने र अन्य बिबिध बिधामा पुरस्कृत हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण संगै नृत्य पस्तुती पनि गरिएको विद्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close