एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्यो,नयाँ सरकार बन्दै

दाङ । सरकार बनेको १सय ३ दिनमा लुम्बिनी प्रदेश सरकार आज ढलेको छ । मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेक्रममा उहाँको पक्षमा बहुमत नआउदा ढलेको हो ।
जसअन्तर्गत गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेसँगै सरकार अल्पमतमा परेर ढलेको छ ।८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसद मात्रै पक्षमा मतदान गरेका थिए ।

बाँकी नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी ४, जसपा ३ लोसपा ३ जनमत ३, राष्ट्रिय जनमोर्चा १ एकीकृत समाजवादी १स्वतन्त्र १ गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close