आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय सरकारले गरेको छ । योसँगै असोज २४ का लागि तय आधिकारिक ट्रेड युनियनको निर्वाचन अनिश्चित बनेको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको महामारीबीच आधिकारिक ट्रेड युनियनको निर्वाचन घोषणा गरिएपछि स्थगित गर्नु उपयुक्त हुने मत प्रकट भएका थिए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र नै पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।
कमेन्ट गर्नुहोस !