रवि लामिछानेको जित निश्चित भएपछि,समर्थकहरु विजयी जुलुसको तयारीमा

काठमाण्डौं ।प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ ।

मंगलबार बिहानसम्म ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७ हजार ४५८ छ । उहाँहरूबीचको मतान्तर ३२ हजार ६११ हजार छ । यता नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाउनुभएको छ ।

चितवन–२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो । अब गन्न बाँकी मत २८ हजारमात्र छ ।

जबकि लामिछानेले प्रतिस्पर्धीसँग २९ हजारको मतान्तर बनाइसक्नुभएको छ । गत मंसिरको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका रवि नागरिकता विवादमा सर्वोच्चको फैसलाबाट पदमुक्त हुनुभएको थियो ।

रविको जित सुनिश्चित भएसँगै समर्थकहरूले विजयी जुलुसको तयारी शुरु गरेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close