अर्घाखाँचीको शितगंगामा दोस्रो महोत्सव सम्पन्न,४ करोड बढीको कारोबार

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिकामा संचालित दोस्रो शितगंगा महोत्सव सम्पन्न भएको छ । कृषि, पर्यटन, उद्योग –व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मा निर्भरताको मुल आधार भन्ने मुल नाराका साथ संचालित महोत्सव समापन भएको हो ।
महोत्सवमा ४ करोड ५० लाखको व्यापार भएको छ भने ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेको शितगंगा उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारले पस्तुती दिएका थिए ।

१३ दिन सम्म संचालन महोत्सवमा १सय२० स्टल रहेका थिए ।स्थानीय कलाको सम्मान स्वरुप शितगंगा आइडल पनि संचालन गरिएको थियो । त्यस्तै जेष्ठ नागरिक र अपाङ्गता भएका लाई टिकट निशुल्क रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close