सिङ्गापुरमा एक किलो गाँजा तस्करीको आरोपमा फाँसी

सिङ्गापुर । सिङ्गापुरमा एक किलो गाँजा तस्करी गरेको आरोपमा टङ्गाराजु सुपैयालाई फाँसी दिइएको छ। टङ्गाराजु सुपैयालाई फाँसी दिएकोमा राष्ट्रसंघ, समाजसेवी र परिवारले विरोध गर्दै आएका छन्।उनलाई फासी दिने कुरामा विरोध हुँदाहुँदै पनि ४५ वर्षीय टङ्गाराजु सुपैयालाई बुधबार जेलमा झुण्ड्याइएको थियो।

उनलाई कमजोर प्रमाणका आधारमा दोषी ठहर गर्दै सजाय दिएको भनिएको छ। उनलाई कानुनी सहायता पनि सीमित मात्र उपलब्ध गराइएको सामाजिक अभियन्ताले बताएका छन्।

सिङ्गापुर प्रशासनले भने आफूहरुले कानुनको पालना गरेको बताएको छ। प्रशासनले अदालतको निर्णयमाथि प्रश्न उठाउने कार्यकर्ताहरूकै आलोचना गरेको छ।

सिङ्गापुरमा विश्वकै सबैभन्दा कडा लागुऔषध विरोधी कानुन छ। सिंगापुरका अधिकारीहरूले समाजको सुरक्षाका लागि यो आवश्यक भएको बताएका छन्। तर सामाजिक कार्यकर्ताहरूले यस प्रकारको मृत्युदण्डको विरोध गर्दै आएका छन्।

के थियो आरोप

सिंगापुरबाट मलेसियामा एक किलो गाँजा ओसारपसार गरेको आरोपमा ४६ वर्षीय टङ्गाराजु सुपैया दोषी ठहर भएका थिए।

उनी गाँजासहित पक्राउ भने परेका थिएनन्। यो तस्करीको मुख्य योजनाकार उनी नै रहेको आरोप लगाएका छन्। सरकारी वकिलले ट्रेस गरिएका दुईवटा मोबाइल नम्बर पनि टङ्गाराजुकै भएको बताए।

तर टङ्गाराजुले यस विषयमा आफूले अन्य व्यक्तिसँग कुरा नगरेको दाबी गरेका थिए। उनको एउटा फोन हराएको र अर्को फोन पनि आफ्नो नभएको उनले बताएका थिए।

गत वर्ष पनि २२ अप्रिल २०२२ मा अर्का लागू औषध तस्कर नागेन्द्रन धर्मलिंगमलाई फाँसी दिइएको थियो। तीन चम्चा हेरोइनसहित पक्राउ परेका नागेन्द्रन २०१० देखि मृत्युदण्डको पर्खाइमा थिए। बीबीसी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close