अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कृषि उपजको बजारीकरण कार्य सुरू

सागर महत ,अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पैचो पसलसँगको सहकार्यमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरण कार्य सुरु गरेको छ ।

बुटवलमा रहेको पैचो पसलसँगको सहकार्यमा संचालनमा आएको अभियानले कृषकका उत्पादनहरुको बजार सुनिश्चितताको समेत अवसर सिर्जना हुने भएको हो । गाउँपालिका भित्रका विभिन्न ठाउँमा संकलन केन्द्र तोकिएको छ ।

फरक(फरक दिन ति ठाँउबाट कृषि उपजहरु संकलन र बजारीकरण गरिने सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ बताउनुभएको हो । यो अभियानले स्वरोजगारी आयआर्जन वृद्धि पुग्ने अपेक्षा राखिएको उहाँको तर्क छ ।

त्यस्तै, कृषकले उत्पादन गरेका वस्तु अब खेर नजाने सोही गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो। स्थानीयस्तरमा उत्पादन गरेका नगदेबाली र फलफूल लगायतका कृषिजन्य वस्तुको बजारको बजारीकरण गरेकोमा स्थानीयवासी पनि निकै खुशी भएको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close