अर्घाखाँचीको भुमिकास्थानमा आगो निभाउने क्रममा घाइते भएका चारजनाको मृत्यु

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका वडा नम्बर २ तिरतिरे खोलाको जंगलमा लागेको आगो पदम वेल्वासेको टिनले छाएको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका ४जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मृत्यु हुनेमा ७२ बर्षिय पिताम्बर वेल्वासेको उपचारको लागि लैजादै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाटमा उपचारको क्रममा मृत्यु भएको छ ।यस्तै ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको काठमाडौं किर्तिपुर अस्पतालमा पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर ४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगोलागी हुँदा ८ घरगोठ जलेर नष्ट भएका छन्। ५भैंसी जलेका छन्। कुखुरा फर्ममा आगोलागि हुँदा ८ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका ८ घरगोठ जलेर नष्ट भएका छन्।नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा आएको छ।क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close