आईपीएल क्रिकेटमा गुजरात टाइटन्स प्लेअफमा पुग्यो

काठमाण्डौं ।इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मा गुजरात टाइटन्स प्लेअफमा पुगेको छ। गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गर्दै गुजरातले प्लेअफ यात्रा सुनिश्चित गरेको हो।गुजरातले दिएको १८९ रनको लक्ष्य पछाएको सनराइजर्स २० ओभरमा ९ विकेट गुमाउदै १५४ रन मात्र बनायो।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले शुभमन गिलको १०१ रनको शतकीय पारीको सहयोगले २० ओभरमा ९ विकेट गुमाउदै १८८ रन बनाएको थियो।
जितपछि गुजरातको १३ खेलमा १८ अंक भएको छ र प्लेअफका लागि छनौट भएको छ। गुजरात यस सिजनमा प्लेअफमा पुग्ने पहिलो टिम बनेको हो। हैदरावादको यो हारपछि प्लेअफको सम्भावना सम्मप्त भएको छ। सनराइजर्सको १२ खेलमा ८ अंक रहेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close