अर्घाखाँचीमा आगो लगाउने पक्राउ

सागर महत, सन्धिखर्क । अर्घाखाँचीमा आगो लगाउने चार जना पक्राउ परेका छन् ।गत बैशाख २६ र २७ गते भुमिकास्थान नगरपालिका– २ ढाकाबाङमा आगलागीबाट जलेर घाइते भइ उपचारको क्रममा चार जनाको मृत्यु भएको थियो । उक्त दिन आगो लगाउने चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका– २ बस्ने ७० वर्षीय देवीराम बेल्बासे, ३६ वर्र्षीय धर्मराज बेल्बासे, ३६ वर्षीय दिनेश थापा र १८ वर्षीय दिपक विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । घाँस लिएर फर्किदा उक्त क्षेत्रमा बंदेल लगायतका जंगली जनावरले सताएको भन्दै वनको काडाँमा लगाएको आगो सल्किएर गाउँमा पसेको प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताउनुभयो ।

आगो लगाउने चारै जनालाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । आगोबाट बस्तीलाई जोगाउने क्रममा गम्भीर घाइते भएका पिताम्बर वेल्वासे, पदम वेल्वासे, घनश्याम वेल्वासे र माधव वेल्वासेको उपचारका क्रममा मृत्यु भएको थियो भने घाइते भएकी अस्मिता बेल्बासेको स्वास्थ्यमा सुधार आएको छ ।

बंदेल लगायत जंगली जनावर भगाउन आगो लगाइयो भयान
देविराम बेल्बासले घाँस लिई घर फर्किदा उक्त एरियामा बंदेल लगायत जंगली जनावरले सताएको कारणले देविराम बेल्बासे घाँस लिई फर्कंदा.झाँक्रिकोथानको बिभिन्न स्थानमा (सानो पँधेरो) नजिकै भारि बिसाई आफुसंग भएको लाईटरले सार्वजनिक जग्गामा रहेको झाडीको बिभिन्न ठाउँमा आगो लगाएका थिए ।उनले लगाएको आगो फैलिन गई सार्वजनिक स्थानमा पुगेको थियो ।

खोला पारीपट्टी रहेको राउटावारी, पहाड पखेरो भन्ने स्थानमा आगो नपुगेपछी धर्मराज बेल्बासे दिनेश थापा र दिपक बिक लाई फोन गरेर देविरामले आगो लगाउन भनेका थिए ।सोहि क्रममा बस्तीमा आगो पुगेको प्रहरीको बयानमा बताएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close