अर्घा भगवती विमान स्थलको लागि अहिले १० करोड बजेट छुट्टाएको छःमन्त्री सिर्पाली

सागर महत,अर्घाखाँची ।
संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री शुशीला सिर्पालीले अहिलेको सरकार भष्ट्रचार मुक्त समाज निर्माण गर्न लागि परेको बताउनुभएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जिल्ला समन्वय समितिले राखेको जिल्ला स्तरीय अन्तरक्रिय कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको छ ।अहिले जनताले शुशासन चाहेकाले सोही बमोजीम सरकार नागरिकको पक्षमा काम गर्न अग्रसर भएको बताउनुभयो ।
यस्तै जिल्लामा पर्यटन क्षेत्रको विकासका लागि योजना अनुसार लाग्ने बताउनुभएको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा निर्माण अधीन अर्घा भगवती विमान स्थलको लागि सम्पन्न गर्नको लागि २० करोडको बजेट आवश्यक भएता पनि तत्कालको लागि १० करोड बजेट विनियोजन गरेको मन्त्री श्रीपालीले भनाइ छ।आफ्नै कार्यकालमा विमान स्थल सम्पन्न गर्ने समेत उहाँको भनाइ छ ।
यस्तै प्रदेश सासंद चेतनारायण आचार्यले जिल्लाको विकासको लागि सबै जिल्ला बासी एक जुट भएर लाग्नु पर्ने अहिलेको आवश्यता रहेको बताउनुभयो ।

प्रदेश सासंद रामजी प्रसाद घिमिरेले सडक भन्दा अन्य क्षेत्रको विकासमा लाग्ने समय आएको बताउनुभयो ।
जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाले विकास निर्माणको काममा सहज होस भनेर अन्तरक्रिया कार्यक्रम राखिएको बताउनुभयो ।अब स्थानीय तथा प्रदेश तहको बजेटको तयारी हुने समय आएकाले खास अबको आवश्यकता नागरिक सम्म पुग्ने गरि केहि भए पनि टेवा पुग्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी मिना अर्यालले जनप्रतिनिधि र कर्मचारीहरु जहिले पनि जनता प्रति जिम्मेवारी हुनु पर्नेमा जोड दिनुभयो ।
विभिन्न कार्यालयका प्रमुख, प्रतिनिधी स्थानीय तहका जनप्रतिनिधी तथा प्रमुख प्रशासकिय अधिकृतले मातहत बाट भएका गतिविधी पस्तुत गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधी,राजनितिक दलका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close