सन्धिखर्कमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर एक जनाको मृत्यु

सागर महत ,सन्धिखर्क ।
अर्घाखाँचीमा बिजुलीको पोल बाट खसेर १ जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाँडामा बिजुलीको पोलमा तार तानिरहेको अवस्थामा किमडाँडा बाट सदरमुकाम सन्धिखर्क आउदै गरेको लु १ ख ९५२० नम्बरको ट्रकको छतले तार तानेपछी पोलमा चढेका सन्धिखर्क ८ किमडाँडा कै ४० बर्षिय कृष्ण बहादुर रानाको पोल बाट खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
तार तान्नको लागि २ जना पोलमा चढेका थिए ।२ मध्ये एकको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्ण प्रसाद घिमिरेले जानकारी बताउनुभयो। घाइते सोहि स्थानका ४५ वर्षिय शिव रानाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको छ ।उहाँको खुट्टामा चोट लागेको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।मृतक कृष्ण युरोपको रोमनियकाको भिसा आएर वैदेशिक रोजगारिको लागि शनिबार (भोली) जान तयार भएको उनको वैदेशीक यात्रा अधुरो भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close