सरकारको आयु ५ वर्ष होः मन्त्री भुसाल

सन्धिखर्क ।नेकपा एकीकृत समाजवादी उपाध्यक्ष एवम कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले पाँच दलिय गठबन्धन आयु ५ वर्ष नै भएको बताउनुभएको छ ।विभिन्न संचार माध्यमा आएको समाचारमा नेकपा एसले चाहेमा सरकार ढाल्नसक्ने भन्ने विषयमा कुनै सत्य नभएको बताउनुभयो ।आइतबार नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा राखेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
यस्तै फरक विषयबस्तुमा बोल्दै तत्कालको लागि मलमा अभाव छैन । असारमा अल्ली बढी आवश्यक पर्छ जसको लागि खरिद पक्रिया अगाडी बढीसकेको बताउनुभयो ।यस वर्ष किसानलाई मल अभाव नहुने मन्त्री भुसालले बताउनुभयो ।
नेपालभरमा पछिल्लो समय एक तिहाइ जमिन बाझो रहेको छ । त्यसको सदुपयोग गर्नको लागि अहिले सरकारले सामुहिक खेतीको अवधारणा समेत ल्याएको बताउनुभयो ।जसले गर्दा उत्पादन पनि बढ्ने छ भने रोजगारी पनि सृर्जना हुने उहाँको भनाइ छ ।अबको उत्पादन निर्यात मुखी समेत बनाउने मन्त्री भुसालले बताउनुभयो ।
कार्यक्रम पत्रकार महासघका अध्यक्ष अशोक खनालको अध्यक्षता उपाध्यक्ष बिरेन्द केसीको स्वागत मन्तव्य र सहसचिव हृदय भुसालको संचालनमा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close