स्वर्गीय पत्रकार इच्छुकको स्मृति दिवसमा अर्घाखाँची अस्पतालका बिरामीलाई फलफुल वितरण

सन्धिखर्क ।जनपत्रकार संगठन नेपाल अर्घाखाँचीद्वारा स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवसको अवसरमा अर्घाखाँची अस्पतालमा रहेका बिरामीलाई फलफूल बितरण र बिरामीलाई स्वास्थ्य लाभको कामना गरिएको जनपत्रकार संगठन अर्घाखाँचीका इन्चार्ज अनिल नेपालीले बताउनुभयो।
कार्यक्रममा अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा.अशोक शाह, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य,जनपत्रकार सगठनका लुम्बिनी प्रदेश सयोजक राजेन्द्र रावल लगायतले मन्तव्य राखेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका ईन्चार्ज खेम घर्ती (माहुरी ),स्वास्थ्य क्रमी अशोक चौहान लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !