शितगंगाको जुकेनामा बिपि स्मृति भवनको शिलान्यस

सन्धिखर्क। अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ५ जुकेनामा बिपि स्मृति भवनको शिलान्यस गरिएको छ ।शितगंगा नगरपालिका प्रमुख छविलाल पौडे्ल र पुर्व लुम्बिनी प्रदेश सासंद निर्मला क्षेत्रीले एक कार्यक्रमका बिच भवनको शिलान्यस गर्नुभएको हो ।पुर्व सांसद क्षेत्री को पहलमा उक्त भवन निर्माण हुने लागेको हो ।
करिव १ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यस गर्दै पूर्व प्रदेश सभा सदस्य क्षेत्रीले विपिको सपनालाई पूरा गर्न पाएकोमा आफु खुसी भएको बताउनुभयो ।
देश र जनताको लागी विपिले गरेको योग्दान कसैले भुल्न नहुने बताउनुभयो। लुम्बिनी प्रदेश सरकारबाट क्षेत्रीकै पहलमा १० लाख बजेटमा उक्त भवन निर्माणका लागी बिनियोजन भएको थियो । स्थानीय आवश्यकताका आधारमा बनेको भवनले त्यहाँका नागरिकलाई प्रत्यक्ष लाभ हुने शितगंगा नगरप्रमुख पौडे्लको भनाइ छ ।कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति केसव श्रेष्ठ जिल्ला सचिव कृष्णप्रसाद खनाल ,नगरसचिब चन्द्रमणि बेल्वासे ,जुकेनाका सभापति राम प्रसाद भुसाल लगाएतका स्थानीय नेता कार्यकर्ता को उपस्थिति रहेको थियोे ।
कमेन्ट गर्नुहोस !