आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्स विजयी

काठमाण्डौं ।इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ।गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो।वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो। जुन चेन्नईले ५ विकेट गुमाएर पुरा गरेको थियो।
त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरात टाइटन्सले २० ओभरमा ४ विकेट गुमाउदै २१४ रन बनाएको थियो। चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएलको उपाधि जितेको थियो।त्यस्तै दोस्रो सिजन आईपिएल खेलिरहेको गुजरात भने दुवै पटक फाइनल खेलेको छ। अहिल्लो सिजन डेब्यू खेलमै राजस्थान रोयल्सलाई हराउँदै विजेता बनेको गुजरात यस पटक भने उपविजेतामा चित्त बुझाएको छ।
कमेन्ट गर्नुहोस !