आज एकादशी घरमा तुलसीको दल राखिँदै

काठमाण्डौं । वैदिक सनातन धर्मावलम्बीले आ –आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् ।प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ ।यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । निर्जला एकादशीमा जलरहित (पानीसमेत नपिई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ।
ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ।यो दिन राखेको तुलसीको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा छ। आयुर्वेदिक रुपमा पनि लाभकारी औषधी मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ ।
कमेन्ट गर्नुहोस !