प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

काठमाडौं। ४ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ आज स्वदेश फर्किनु भएको छ।जेठ १७ गते भारत जानुभएका प्रधानमन्त्री प्रचण्डसहितको टोली नेपाल फर्किएको हो।
प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी छन्।बिदाइ समारोहमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा। शंकर शर्मा लगायतको उपस्थिति रहेको थियो।
गत बिहीबार प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबिच हैदराबादमा भेटवार्ता भएको थियो। सो क्रममा दुई देशबीच महत्वपूर्ण विषयमा समझदारी भएको थियो।
कमेन्ट गर्नुहोस !