सवारी दुर्घटनामा गुल्मीका २ युवाको मृत्यु

बुटवल । बुटवलमा सवारी दुर्घटनामा परि गुल्मीका २ युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका वडा ४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले बताउनुभयो ।

बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।आज दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरमा एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close