कांग्रेस अर्घाखाँचीको आयोजनमा संगठन विस्तार तथा सुदृढीकरण अभियान सन्धिखर्क १२मा सम्पन्न

अर्घाखाँची ।नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडा नम्बर १२ को आयोजना तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको संयोजनमा जनतासँग रुपान्तरित कांगस पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत बृहत अन्तरकृर्या एंव कार्यक्रता भेला सल्लिकोटमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस लुम्विनी प्रदेश सह महामन्त्री विष्णु प्रसाद खनाल मुस्कानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला पार्टी सभापति केशव श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै प्रदेश सहमहान्त्री खनालले पार्टीको सुदृढीकरण अभियानले नेपाली कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउनुका साथै नयाँ आशा, कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वासको भावना सिर्जना गर्ने बताउनु भयो । उहाँले अभियान मार्फत जनतालाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्दै काँग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्वपूर्ण विषयलाई जनतामाझ प्रस्तुत गर्ने बताउनु भयो ।
जिल्ला पार्टी सभापति केशव श्रेष्ठले पार्टीमा गुट उपगुटको राजनिती अन्त्य हुुनुपर्ने बताउँनु भयो । जनतासँग झुट बोलेर नेतृत्वमा पुग्नुभन्दा सत्य बोलेर हार्नुको जिम्मा लिन आफु तयार रहेको बताउँदै श्रेष्ठले अहिले कांग्रेस सिद्दियो, सकियो भनेर भइरहेको टिप्पणीप्रति इंकित गर्दै अहिले नै कांग्रेस नसकिने दाबी गर्नुभयो । कार्यक्रममा पूर्व पार्टी सभापति कमल प्रसाद भुसाल , प्रदेश सदस्य शान्ता भण्डारी , पूर्व प्रदेश सांसद निर्मला क्षेत्री , जिल्ला कोषाध्यक्ष विष्णु क्षेत्री , भूमि आयोगका जिल्ला संयोजक यादव प्रसाद घिमिरे , नेपाल तरुण दल जिल्ला अध्यक्ष नारायण खड्का , जिल्ला कार्य समिति सदस्य लिलाधर बस्याल ,नेपाल महिला संघकी जिल्ला का.वा. सभापति जानका बन्जाडे लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा जनतासँग रुपान्तरित कांग्रेस पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानको बारेमा जिल्ला सचिव कृष्ण खनालले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कार्यक्रताबाट आएका पार्टी संगठनका बारेमा उठेका प्रश्न ,जिज्ञासा तथा सुझाव सल्लाहको समेत जवाफ दिइएको थियो । वडा सभापति लोक प्रसाद श्रेष्ठको सभापतित्व , पीताम्बर कुँवरको स्वागत मन्तब्य तथा वडा पार्टी सचिव विक्रम पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका वडा तहका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनीधी , वडा कार्य समितिका पदाधीकारी, कार्यक्रता गरी चार सय जना कांग्रेस जनको उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस !