आज पाणिनी गाउँपालिकामा शोक बिदा

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिकाले आज शोक विदा दिएको छ । आईतबार साझ बुटवलबाट अर्घाखाँचीको पणेना आइरहेको जिप पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ सत्यवती केवरेछेडामा दुर्घटनामा परि गाउँपालिकाका गाउँसभा सदस्य कृष्ण प्रसाद पोखरेल (विजयी) सहित एउटै पालिकाका ५ जनाको मृत्यु भएको थियो ।सोहि अनुसार (मगंलबार) आज शोक विदा दिएको प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले बताउनुभयो ।
दुर्घटनामा परि घाईते १० जनाको रूपन्देहीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । गाउँपालिकाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति समेदना प्रकट गदै निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ भने घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय भुसालको हस्ताक्षर रहेको जारी सुचनामा पनि उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस !