भुमिकास्थान नगरपालिकामा कृषकलाई जमुनापारी क्रसजातका बोका वितरण

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले कृषकलाई बोका वितरण गरेको छ । नगरपालिकाका १० वटै वडामा रहेका विभिन्न कृषि समुहको सिफारिसमा छनोट भएका १८ जना बाख्रापालक किसानलाई एक–एक वटा जमुनापारी क्रसजातका बोका वितरण गरिएको नगरप्रमुख झविलाल थापाले बताउनुभयो ।
बोका वितरणको लक्ष्य परम्परागत बाख्रापालनलाई क्रमशः व्यावसायिक गर्दै लैजानु र उत्पादनलाई बढवा दिई कृषकको आर्थिक अवस्थालाई उकास्नु रहेको उहाँले बताउनुभयो ।पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने अभियानमा आफुहरु जुटेको समेत नगरप्रमुख थापाको भनाइ छ ।
कमेन्ट गर्नुहोस !