पेट्रोलिय पदार्थ र खाना बनाउने ग्यासको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र खाना बनाउने ग्यासको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाउने निर्णय गरेको छ ।यसैगरी डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको निगमले खाना बनाउने ग्यासमा भने प्रतिलिटर १० रुपैयाँ घटाएको छ ।
अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ ।
डिजेल र मटीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ ।
एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ ।
कमेन्ट गर्नुहोस !