साउदी अरेबियाको मक्कामा दाजुबहिनीलाई मृत्युदण्ड

काठमाडौं । साउदी अरब सरकारले सोमबार मक्कामा दुई जनालाई मृत्युदण्डको सजाय सुनाएको जनाएको छ ।यो सजाय दाजुबहिनीलाई दिइएको छ । दुबै जना आफ्ना आमाबुवा र दाजुभाइको हत्यामा दोषी ठहरिएका थिए।

अल(अरेबियाको समाचारका अनुसार अब्दुल्ला अजिज बिन फहेद बिन गजाया अल हरेथी र उनकी बहिनी ओहुदले आफ्नी आमा र दुई भाइको खानामा निद्राको चक्की मिसाए।त्यसपछि दुवै दाजुबहिनीले आमा र एक भाइलाई सुतिरहेको अवस्थामा गोली हानेका थिए । भोलिपल्ट अर्का भाइलाई पनि गोली हानिएको थियो ।

साउदी सरकारले अपराध गरेपछि दुवैले मिलेर शवलाई एक ठाउँमा लगेर आफ्ना बुवालाई त्यहाँ बोलाएर गोली हानेको बताएको छ ।साउदीले भन्यो कि यी दाजुबहिनीहरूले पूरै घरमा आगो लगाए ताकि यो भन्न सकियोस् कि ग्यास चुहावटका कारण आगलागी भयो र यी सबैको मृत्यु भयो।

साउदी सरकारले सुरक्षा र स्थायित्व कायम गर्न प्रतिबद्ध रहेको र यस्ता अपराध गर्नेलाई कारबाही गरिने बताएको छ ।dcnepal

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close