कांग्रेस अर्घाखाँची संगठन सुधारमा लाग्यो

सन्धिखर्क । अर्घाखाँचीमा कांग्रेसको संगठन सुधारको लागि वडा तहसम्म जिम्मेवार भएर लाग्न माग उठेको छ । जबसम्म संगठन सुधारमा एकता हुँदैन तबसम्म संगठन बलियो नहुने कांग्रेस अर्घाखाँची प्रदेश सभा (क) र (ख) को आयोजनामा सन्धिखर्कमा भएको क्षेत्रीय सम्मेलनमा बोल्ने बक्ताहरुले बताउनुभएको हो ।यस्तै आजको कार्यक्रम जुन प्रकारको उत्साजनक सहभागी भयो । निर्वाचनमा पनि एक जुटभएर लागेमा कांग्रेस अर्घाखाँचीमा पहिलो पाटी हुन कसैले रोक्न नसक्ने बताएको थियो ।

प्रदेश (क) पाणिनि बहुमुखी क्याम्पसमा भएको कार्यक्रमलाई सम्बोधन गदै कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व उपसभामुख पुष्पा भुसालले संगठन सुधारको लागि हरेक तहबाट लाग्न आवश्यक भएको बताउनुभयो । केन्द्रदेखि स्थानीय तहसम्म संगठन रणनितीका साथ यो अभियानमा जुटिएको छ । भुसालले यसलाई सफल पार्नको लागि एकजुट भएर लाग्नु पर्ने अहिलेको आवश्यकता भएको जिकिर गर्नुभयो ।

 

कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले भ्रष्टाचारमा समावेश जो कोहीलाई पनि कारवाही हुनु पर्छ भन्दै सभापति पुनले सुन काण्ड, ललिता निवास प्रकरण जस्ता विषयमा अनुसन्धानमा कसैलाई काखा र कसैलाई पाखा गर्न नमिल्ने बताउनुभयो । कांग्रेसको संगठन सुधारको लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ग्राउण्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने अभियान पनि सुरु गरिएको उहाँको भनाइ छ ।

प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल मुस्कानले लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस बलियो बन्न जनमुखी र गाउँमुखी बन्नुपर्ने उहाँको धारणा थियो ।

जिल्ला पार्टी सभापति केशव श्रेष्ठले नेपाली कांग्रेस अर्घाखाँचीलाई गुट उपगुट त्यागेर पार्टीलाई एकजुट बनाई एकढिक्का भएर लाग्नु पर्ने बताउनुभयो । गाउँका गरिब, दुखी, बेसहारा र विपन्न परिवारको भावना बुझ्न सके मात्र नेपाली कांग्रेस बलियो र शक्तिशाली हुने उहाँको भनाई छ ।

कांग्रेस सुधारको लागि माथिल्लो तहका नेताहरुमा सुधार भए तल्लो तहको नेतृत्वमा स्वतः सुधार आउने पालिकाबाट प्रतिनिधित्व गर्नुभएको सहभागीहरुले बताउनुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close