१सय क्विन्टल भनिएको सुन ६० किलो ७८९ ग्राम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको एक क्विन्टल सुन निकालेर जोख्दा तौल ६० किलो ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभएको छ ।केही कालो वस्तु मिसिएकाले त्यो पनि छुट्याउन बाँकी रहेको छ। भोलि १०ः३० बजेबाट भने सुन गाल्ने काम शुरु हुने जनाइएको छ।
गत साउन ३ गते उक्त सुन काठमाडौँको सिनमंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। यसअघि करिब १ सय किलो सुन भनिएको थियो। पहिले ब्रेक शुसहित जोख्दा १सय५५ किलो भएको थियो।
कमेन्ट गर्नुहोस !