सांसद र मन्त्री पाल्न परेकाले कर्मचारीलाई तलब दिन समेत गाह्रो भयोःखत्री

सन्धिखर्क।संघीयताका कारण देशको अर्थतन्त्र धरासय भएको राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले बताउनुभएको छ । देशमा धेरै सांसद र मन्त्री पाल्न परेकाले कर्मचारीलाइ समयमै  तलब दिन गाह्रो भएको बताउनुभयो ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । विदेशीको दबाबमा आएको संघियता दिर्घकालीन सम्म काम नगर्ने समेत बताउनुभएको हो ।
यस्तै पछिल्लो समय देशमा राजाबादीहरु सलबलाउदै गएका छन भने विभिन्न देशबाट भित्रिएका नागरिकले धर्म परिवर्तन गर्न लागेको खत्रीले बताउनुभयो ।यता भष्ट्रचार नियन्त्रणको लागि लागेको सरकार आफ्ना मान्छे भष्ट्रचार काण्डमा फसेपछि केहि कदम कम हुँदै गएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन केसीले २ पृष्टको प्रेस विज्ञप्ती पस्तुत गर्नुभएको थियो ।विशेष गरि जिल्लामा बसेको तेस्रो बैठकमा भ्रष्टाचार तथा अनियमितता विरुद्वमा आवाज उठाउने,भदौ र असोज महिनाभरि विभिन्न टोली निर्माण गरि २ महिने सदस्य अभियान संगै जनभेटघाट कार्यक्रम गर्ने बताउनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close