भारतमा गाडी दुर्घटना हुँदा ९ जनाको मृत्यु

एजेन्सी । भारतको लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जना सैनिकको ज्यान गएको छ भने १ जना घाइते भएका छन् ।

लेहबाट सैनिकहरुलाई न्योमातर्फ लिएर गएको गाडी क्यारी शहरबाट सात किलोमिटर पर खोंचमा खसेर दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।१० जना सवार गाडीमा रहेका ९ जनाको मृत्यु भएको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमीत शाहले घटना विशुद्ध सडक दुर्घटना भएको बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close