भारतीय अन्तरिक्षयान चन्द्रमामा सफल अवतरण

एजेन्सी ।भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएको हो ।
योसँगै भारत चन्द्रमामा सफ्ट ल्यान्डिङु गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ ।
अवतरण साइट सावधानीपूर्वक चयन गरिएको थियो। यस क्षेत्रमा पानीको अंश फेला परेको छ। सन् २००९ मा नासाले चन्द्रमाको सतहमा पानी फेला पारेको थियो ।
कमेन्ट गर्नुहोस !