अधिकारीले अस्ट्रेलियाको भिसाको विषयमा आफ्नो बदनाम गर्न खोजिएको बताइन

काठमाडौँ । गायिका समीक्षा अधिकारीले फेरि आफ्नो बदनाम गर्न खोजिएको आरोप लगाएकी छन् । अस्ट्रेलियाले आफ्नो भिसा रद्द गरिदिएको भन्ने समाचारको खण्डन गर्दै उनले अँध्यारो छिचोलेर अगाडि बढ्न खोज्दा फेरि बदनाम गर्न खोजिएको धारणा सामाजिक संजालबाट राखेकी छन् । उनको भनाइ यस्तो छ ।

नमस्ते म समिक्षा अधिकारी !
आज सामाजिक संजालमा मेरो बारेमा आएका न्युजहरु हेरेर म आफै आश्चर्य चकित भएकी छु।
हुन त मैले यो भन्दा ठुलो प्रहरहरु खपी सकेकी छु तै पनि आज सामाजिक संजालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजु भाइ दिदि बैनीहरु लाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ति के भयो । एउटा उमेर पुगेको मान्छे अष्ट्रेलिया नियम परिधि भित्र रहेर आफ्नो बसाइ अष्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो ?
अहिलेको मेरो भिषा निबेदनको स्थितिमा फाइनान्सको केहि डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो । म एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनु हुन्छ, मैले भोग्न पर्ने भोगी सके सहन पर्ने सहि सके प्लिज मलाई नगिजोल्नुस, मेरो व्यक्तिगत कुराहरु हुन्छन् मेरो अनुमति बिना मेरो भिषाको स्टाटस चेक गर्न तपाई बसेको देशको कानुनले दिन्छ । म संग एक चोटी सोधेको भए दिदिको बारेमा मै तपाईहरु लाई बताउँथे ।
मेरो दिदिले कुनै नियम तोडेर होइन अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दै छन् । दिदि संगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहिन कुरा नलेखिदिनुस । सक्नु हुन्छ २ वटा मिठा शब्द बोलिदिनुस जसले मनोबल बढावोस सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुठो हो I मलाई अहिले तिज कार्यक्रम को लागी दिदी बहिनी इभेन्ट ले बोलाएको हो ।
म १८ बर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो । यस्ता भ्रामक समाचार मा बिश्वास नगरिदिनु हुन बिनम्र आग्रह गर्दछु । ।
फेरी पनि यो सबै भन्दै गर्दा म देश विदेशमा रहेका समस्त मेरा भगवान सरहका दर्शकको माया, ममता र सदभाबले पटक पटक टुक्रिएर फेरि जोडिदै गरेकी तपाईकी चेली हुँ मैले कुनै गलत काम गरेकी छैन यदि गलत गरेकी रहेछु भने म त्यसको सजाय भोग्न तयार छु।
सबैको राम्रो होस् सबैको जय होस् !!
तपाईकी
समिक्षा अधिकारी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close