एमाले केन्द्रिय उपाध्यक्ष नेम्वाङको निधन

काठमाण्डौं। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । राति १ बजे घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर बाटोमै निधन भएको जनाइएको छ ।

अहिले शिक्षण अस्पतालमा एमालेका नेताहरूको जम्मा हुने क्रम बढेको छ ।पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close