प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्वर्गद्वारी

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा वडा नम्बर ६ मा स्वर्गद्वारी पर्दछ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण जंगल छ भने थुम्कोमा मुख्य मन्दिर छ । पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिम स्थान यही बाटो भएर गएको किम्वदन्ती रहेको छ । प्यूठान वड्डाडा, चकचके, भिगृ हुँदै स्वर्गद्वारी पुग्न सकिन्छ ।

प्यूठानसँगै छिमेकी जिल्लाका हिमश्रृंखलाको आकर्षक दृश्यहरुको अवलोकन गर्न पनि सकिन्छ ।समुन्द्र सतहदेखि ७ हजार फिट उचाईमा पर्ने स्वर्गद्वारी धार्मिक आस्थामा जति बलियो छ, पर्यटकीय आकर्षणमा समेत उत्तिकै आकर्षक मानिन्छ । आश्रममा दैनिक पूजापाठ चल्ने गर्छ ।स्वर्गद्वारीमा हिन्दूहरुका सम्पूर्ण पूजा अग्नीको हवन गर्ने विधिविधानवाट संचालित विश्वको एकमात्र हिन्दूहरुको संस्कार अनुसार चलेको स्वर्गद्वारी मात्र रहेको शंकराचार्य जयन्द्र सरस्वतीले स्वर्गद्वारीको भ्रमणको क्रममा व्यक्त गरेका आधारहरु छन् । गौमाताका रुपमा आश्रममा करिव ५ सय गाई पालिएका छन् ।
रोल्पा जिल्लाको रुम्टी गाउँमा वि.सं १९१६ जन्मेका १०८ महाप्रभु बालतपश्वी श्री नारायण गौतम १९५१ मा स्वर्गद्वारीमा आएपछि वेदका मन्त्रद्धारा अग्नी प्रज्वलित गरी १९५२ वैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु गरेको ऐतिहासिक महत्व पाइन्छ ।बढीमात्रमा भारतीय पर्यटक आउने गरेको पाइन्छ ।

५सय सिढीको पैदल यात्रा गरेपछि मन्दिरमा पुगिन्छ । खाना र बासको लागि कुनै समस्या छैन ।खानालाई १ सय ६० तिर्नु पर्छ भने बास बस्नको लागि पनि १सय ६० तिरे पुग्छ ।आश्रम स्थलमा कुनै पसल छैनन् ।पसल पुग्नको लागि पैदल यात्रा आधा घण्टा गर्नु पर्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close