काठमाण्डौका लागि छुटेको बस पाल्पामा दुर्घटना

पाल्पा । पाल्पाको तानसेनमा रात्रि बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा २० जना घाइते भएको छ। पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा घरमा समेत क्षति पुगेको छ । घाइतेलाई विभिन्न अस्पतालमा लगिएको छ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !