एसिया कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै श्रीलङ्का फाइनलमा

काठमाण्डौ ।पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा पुगेको छ। सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको हो ।श्रीलङ्का डकवर्थ लुइस पद्धतिअनुसार २ विकेटले विजयी भएको हो ।
पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्यो । विजेता श्रीलङ्काले आइतवार भारतसँग उपाधिका लागि खेल्ने छ ।
भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । भारतले सुपर फोरको अन्तिम खेल भने आज बङ्लादेशसँग खेल्नेछ ।
कमेन्ट गर्नुहोस !