तीज पर्व आज दरखाने दिन

काठमाडौं । नेपाली महिलाको महान पर्व हरितालिका तीजको अघिल्लो दिन आज दरखाने दिन । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ ।
तिजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर भाद्र शुक्ल द्वितियामा दर खाने चलन छ। राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिन बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ्य दिएर मात्र खाने परम्परा छ ।तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार ख्वाउने चलन छ। दर खाने दिनबाट तीज पर्वको सुरु हुन्छ। दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ।
कमेन्ट गर्नुहोस !