आज विश्व मुटु दिवश नेपालमा पनि कार्यक्रम गरि मनाइँदै,मुटु रोगको जोखिम बढ्दो

काठमाडौं । आज सेप्टेम्बर २९ तारिख अर्थात विश्व मुटु दिवश विश्वभरि नै यो दिवश मनाइँदै आइएको छ । विश्व मुटु दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको अध्ययनले कुल मृत्युको ७१ प्रतिशत नसर्ने रोग प्रमुख कारण भएको देखाएको छ । त्यसमा पनि सबैभन्दा बढी अर्थात् २८ प्रतिशत मुटु रोग पर्दछ । स्वास्थ्य मन्त्रालयले पछिल्लो दशकमा नसर्ने रोगको प्रकोप बढ्दै गएको जनाएको छ ।

पछिल्लो एक दशकलाई हेर्ने हो भने सङ्‌क्रामक रोगभन्दा दुई तिहाइ बढी अर्थात् ७० प्रतिशत मृत्यु नसर्ने रोगबाट हुने गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी बताउँछन् । ‘नसर्ने रोगहरूमा पनि कार्डियोभास्कुलर डिजिज भन्छौँ( मुटु सम्बन्धी रोगले लगभग २४ प्रतिशत ज्यान लिइराखेको छ’, उनी भन्छन् ।खानामा चिल्लो पदार्थ बढी हुँदा र धुम्रपान, मध्यपानलगायतका कारण मुटु रोगको जोखिम हुन्छ ।

मुटुरोगबाट बच्नका लागि अपनाउन उपाय यस्ता रहेका छन्ः 

१.खानपिन बढी मात्रामा चिल्लो र कार्वोहाइड्रेटयुक्त खाना सेवन गर्ने वानीमा सुधार ल्याउनुपर्छ । सकेसम्म खानामा तरकारी, फलफुल लगायातका प्रोटिन र फाइवरयुक्त बस्तुहरु बढी सेवन गर्नुपर्छ । खानामा नुनको मात्रा कम गर्नुपर्छ । सन्तुलित भोजन नै मुटुरोगबाट बच्ने प्रमुख आधार हो ।

सुभकामना

२.शारीरिक कसरत शारीरिक परिश्रम कम गर्नुपर्ने मानिसले दीनमा कम्तीमा ३० देखि ४० मिनट पसिना आउने व्यायाम वा शारीरिक कसरत गर्नुपर्छ । त्यसको निम्ती आफ्नो समय, व्यस्तता र पायक अनुसार दौडने, हिड्ने, विभिन्न खेल खेल्ने, पौडी खेल्ने, बगैचामा काम गर्ने, नाच्ने आदि विभिन्न क्रियाकलापहरु गर्न सकिन्छ ।

३.तौल नियन्त्रण  मोटोपना, विशेषत पुट्ट पेट हुनु नै मुटुरोगको निम्ती घर हो । त्यसैले सकेसम्म आफ्नो तौल नियन्त्रणमा राख्नुपर्छ । आफ्नो तौल ठिक छ या छैन भनेर थाहा पाउन “बडी मास इन्डेक्स” (BMI) बाट थाहा पाउन सकिन्छ । “बडी मास इन्डेक्स” लाई सकेसम्म २५ भन्दा कम राख्नुपर्छ ।

४.रक्तचाप र सुगरको नियन्त्रण उच्च रक्तचाप र मधुमेय भएका विरामीहरुलाई मुटुको समस्या देखिने संभावना धेरै हुन्छ । त्यसैले ब्लड प्रेसर र रगतमा सुगरको जाँच समय समयमा गराउने र ति रोगहरु देखिएमा त्यसको औसधी चिकित्सकको सल्लाह अनुरुप नछुटाईकन सेवन गर्ने गर्नुपर्छ ।

५.स्वास्थ्य जाँच  चालिस वर्ष भन्दा माथिका हरेक मानिसले कम्तीमा वर्षमा एक पटक मुटु रोगको जाँच गराउनुपर्छ । त्यसमा रगतमा सुगर, लिपिड, कोलेस्टेरोल र इसीजीको जाँचले मुटुरोग लाग्न सक्ने संभावनालाई पहिले नै पहिचान गरि सोहिअनुरुप बच्नको निम्ती विभिन्न तरिकाहरु अपनाउन सकिन्छ ।

६.धुम्रपान र मध्यपान नगर्ने धुम्रपान र रक्सी सेवनले मुटुरोग लाग्ने संभावना बढाउछ । त्यसैले सकेसम्म यी दुई चिजबाट टाढै बस्नुपर्छ ।

७.मानसिक तनाव कम गर्ने सकेसम्म मानसिक तनावलाई कम गर्नुपर्छ । योगा, ध्यान, खेलकुद र अन्य क्रियाकलापहरुमा आफुलाई केन्द्रित गरेर केहि समय व्यस्ततालाई कम गर्न सकिन्छ ।

८.आफू र आफू वरीपरिकालाई स्वस्थ जीवनयापन गर्न प्रेरित गर्ने माथि उल्लेख गरिएका सामान्य उपायहरु अपनाउदा मुटुरोगबाट धेरै हदसम्म बच्न सकिन्छ । यस्ता आफुले जानेका कुराहरु अरुलाई सुनाउने, आफुले पनि पालना गर्ने र अरुलाई पनि प्रेरित गर्नाले स्वस्थ समाज निर्माण गर्न सकिन्छ ।  तसर्थ, स्वस्थ समाज र स्वस्थ देश निर्माणमा बढ्दै गएको मुटुरोग संग लड्न हामी सबै हातेमालो गर्दै अघि बढौं ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close