सुन्ने मान्छे नभएपछि माधव र झलनाथले तुलसीपुरमा भाषण गरेनन्

दाङ । सुन्ने मान्छे नभएपछि दाङको तुलसीपुरमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भाषण नगरेर फर्किएका छन् । मेची–महाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन्तर्गत तुलसीपुरको मदनआश्रीत चोकमा मंगलबार कार्यक्रमको आयोजना गरिएको थियो ।

पार्टीका कार्यकर्ता, स्वयमसेवक, सुरक्षाकर्मी, र स्वयम नेताहरु सहित झण्डै १ सय ५० जनाको हाराहारीमा मान्छेहरु जम्मा भएपछि पार्टीका अध्यक्ष नेपाल र वरिष्ठ नेता खनालले भाषण नगरेर बाँकेको कोहलपुर तर्फ लागेका हुन् । कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र दाङ सह इन्चार्ज अनारकली मियाले सम्बोधन गर्नुभएको थियो ।

गाडीमा चार वटा माइक अगाडी पछाडी तुलसीपुरमा क्षेत्रमा दिनभर व्यापक प्रचार गरेपनि कार्यकर्ताहरुको नगन्य मात्रामा भएको उपस्थितिले नेताहरु निराश भएका छन् ।

‘घर तर्फ जाँदै थिए यसो हेरेको माधव नेपाल र झलनाथ खनाललाई देखेर भाषण सुन्न बसे । उनिहरु त जुरुक्क उठेर भाषण नगरेर हिडे । मान्छे नभएर भाषण नगरेको बुझीयो । तर अरु नेता नबोलेर माधव नेपाल मात्रै ५ मिनेट बोलेको भए पनि हुने थियो । आधाघन्टाको समय बेकार खेर गयो । यसले राम्रो सन्देश गएन ।’ नेपाली काँग्रेस निकट शिक्षक एकराज केसीले भन्नुभयो ।

यता नेकपा एकीकृत समाजवादीका दाङ जिल्ला सह इन्चार्ज अनारकली मियाले भाषण सुनाउने मान्छे नभएको र नेपालगञ्ज जान ढिला भएकाले पनि दुबै जना नेताले भाषण नगरेको बताउनुभयो ।

सुभकामना

‘केलाई सुनाउन भाषण गर्ने हो र घोराहीमा पनि कार्यक्रम थियो । मान्छे सबै उतै रहे । यहाँ कस्लाई सुनाउने हो । फेरि कमरेडहरुलाई नेपालगञ्ज जान पनि हतार थियो ।’ सह–इन्चार्ज मियाले भन्नुभयो ।

पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, एकीकृत समाजवादीका नेता भागवत विश्वासी, दाङका नेकपा एसका अध्यक्ष सुरामणी वेलवासे लगायतका एसमाजवादीका सयौं नेता तथा कार्यक्रता एमालेमा समाहित भएपछि त्यसको प्रभाव पार्टीमा देखिएको हो ।आजको राजधानी दैनिकबाट साभार

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close